|

काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) शुक्रबार बिहान ११ बजे बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको आइपिओ बाँडफाँड हुनेछ।

सिंगटीले चैत ६ देखि १० गतेसम्म सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता सेयर निष्कासन गरेको थियो। गोलप्रथाद्वारा दुई लाख ६९ हजार ७०० जनाले १० कित्ताका दरले कम्पनीको आइपिओ पाउनेछन्।

कम्पनीको सेयर खरिदका लागि मागभन्दा ९ दशमलब १६ गुणा बढी आवेदन परेको छ। १६ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ताका लागि आवेदन परेको छ। जसमध्ये साढे १२ लाखभन्दा बढी आवेदकको हात खाली हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.