|

गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। उनले आज पदभार ग्रहण गरेका छन्। बस्नेत नेकपा एमालेबाट गोरखा निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित हुन्।

नेकपा माओवादी केन्द्रबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सम्हालेका लेखबहादुर थापा मगर र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका हरिबहादुर चुमानले बुधबार राजनीनामा दिएका थिए। राजीनामापछि मन्त्रालय रिक्त भएको थियो। रिक्त भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जिम्मेवारी मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै लएका छन्।

मन्त्रालय समालेपछि मन्त्री बस्नेतले भने, ‘कानुनको प्रभावकारी कार्वान्वयन गराएर प्रतिबद्ध छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.