|

काठमाडौं : नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेका छन्। 

पछिल्लो साता देशभर कोरोनाका बिरामी ह्वात्तै बढेका छन्। बिहीबार मात्र देशभर ३ सय ३२ जना कोरोनाका नयाँ संक्रमित फेला परे। हाल देशभर २ हजार ४ सय ५४ जना कोरोनाका संक्रिय संक्रमित छन्।

नेपालमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी छ। नेपालमा सुरुमा भारतबाट ल्याइएको खोप लगाइएको थियो भने हाल खोप चीनबाट पनि ल्याइएको छ। नेपालमा खोप लगाएपछि खासै ठूलो नकारात्मक असर देखा नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तर खोपलाई प्रभावकारी बनाउन र यसको असरबाट बच्न स्वास्थ्यकर्मी तथा सरकारले विभिन्न खोप लगाइसकेपछि विभिन्‍न कार्य नगर्न भनेको छ।  

तुरुन्त काममा नजानु : खोप लगाउनुभएको छ भने तुरुन्त काम गर्नबाट जोगिनुपर्छ। खोप लगाएपछि कम्तीमा २ दिन पूर्ण रुपले आराम गर्नुपर्छ। केही व्यक्तिलाई खोप लगत्तै साइड इफेक्ट हुन्छ भने केहीलाई २४ घण्टापछि। त्यसैले खोप लगाएको कम्तीमा दुई दिन आराम गर्नुपर्छ।

भीडबाट सुरक्षित हुनुपर्छ : तपाईंले खोपको पहिलो डोज मात्र लगाउनु भएको छ भने भीड भएको ठाउँमा जानबाट बच्नुपर्छ। दुवै खोप प्रयोग नगरेसम्म सुरक्षाको पूर्ण ध्यान राख्नुपर्छ। खोपका दुवै डोज लगाएपछि पनि सुरक्षा प्रोटोकल पूर्ण रूपमा पालना गर्न जरुरी छ।

यात्रा नगर्नू : कोरोना संक्रमण फेरि फैलिँदै गएको छ। यस्तो अवस्थामा खोप लागेको छ भने पनि यात्रा नगर्नुस्। रोग नियन्त्रण तथा रोकथामका लागि अमेरिकी केन्द्रका दिशानिर्देशहरू (टिडिसी) भ्याक्सिन लगाए पनि यात्रा नगर्न सल्लाह दिएका छन्।

चुरोट र रक्सी सेवन बन्द तपाईं चुरोट र मदिरा सेवन गर्नुहुन्छ भने खोप पाएपछि यसलाई रोक्नुपर्छ। कम्तीमा तीन दिनसम्म (कहिल्यै नखाँदा अझ राम्रो) रक्सी र चुरोट नपिउनु राम्रो मानिन्छ। बाहिर र फ्राइड खाना खानु हुँदैन।

डाक्टरसँग सम्पर्कमा रहनुहोस् : तपाईंलाई पहिले नै एलर्जीको समस्या छ भने तपाईंले बढी होसियार हुनु आवश्यक छ। खोप पाएपछि आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ। कुनै प्रकारको समस्या महसुस गर्नुहुन्छ भने तुरुन्तै डाक्टरलाई सम्पर्क गर्नुहोस्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.