|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुट्टा टेक्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले लात हानेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन्। 

निजामती कर्मचारी युनियन संघको विधान अधिवेशन उद्घाटनमा देउवाले आफ्नो सुझाव नमान्दा प्रचण्डले दुःख पाएका बताए। २०७४ सालको निर्वाचनपछि प्रचण्डलाई आफूले प्रधानमन्त्री प्रस्ताव गरेको उनको भनाइ थियो। 

ओलीलाई सत्ता सुम्पिँदा अहिले प्रचण्डको यो हबिगत बनेको उनले बताए। ‘मैले प्रधानमन्त्री बन्नुस् भन्दा मान्नुभएन। सत्ता बुझाउनुभयो। प्रचण्डले खुट्टा टेक्न नसक्दा ओलीले लात हाने,’ उनले भने। 

देउवाले आज तीन दलको बैठक बोलाएका छन्। आजको बैठकमा सरकार गठनबारे छलफल हुने पनि उनले जानकारी दिए। नयाँ सरकार बन्ने अवस्था नरहे चुनावमा जानुपर्ने उनको भनाइ थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.