|

काठमाडौं : पछिल्लो २४ घन्टामा भारतबाट आएका ५२ जनामा एन्टिजेट परीक्षण पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको विवरणअनुसार २४ घन्टामा भारतबाट फर्किएका ​ र फर्कंदै गरेका ६०२ जनाको सिमानामै एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार गड्डाचौकीमा २१८ जनाको टेष्ट गरिएको थियो १० जनाको पोजेटिभ ,जमुनाहमा १० जनाको परीक्षण गरिएकोमा १ जनाको पोजेटिभ,  त्रिनगर हेल्थ डेस्कमा ३७२ जनाको परीक्षण गर्दा ४१ जनामा पोजेटिभ आएको बताएको छ।

नेपालले भारतमा संक्रमण बढेपछि गत ६ चैत देखि नाकाका हेल्थ डेस्कलाई सक्रिय बनाई एन्टीजेन विधिबाट सम्भावित संक्रमितको कोभिड १९ परीक्षण गर्न थालेको छ। त्यसयता अहिलेसम्म कुल ७ हजार ५६६ जनाको परीक्षण गर्दा ३२४ जना पोजेटिभ भएको मन्त्रालयले स्पष्ट पारेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.