|

काठमाडौं : पूर्व प्रहरीप्रमुखहरू एक साथ भेला भएका छन्। पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको निवासमा २५ गते प्रहरी प्रमुख भेला भएका हुन्।

पूर्वप्रहरी प्रमुखहरू मोतीलाल बोहरा, ध्रुवबहादुर प्रधान, अच्युतकृष्ण खरेल, श्यामभक्त थापा, ओम विक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली सहभागी थिए।

प्रहरी प्रमुखहरू पहिलोपटक यसरी भेला भएका प्रधानले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार सबै प्रहरी प्रमुखलाई बोलाइएको थियो। केही प्रमुखहरू स्वास्थ्यका कारण अनुपस्थित भएका र कोभिड संक्रमण बढ्दा पनि आउन नसकेको उनले जानकारी दिए।

हरेक महिना यसरी भेला भएर पुनः छलफल गरिने प्रधानले बताए। आफ्नो प्रहरी संगठनले गरेको कामलाई समर्थन गर्ने छलफल भएको प्रधानले जानकारी दिए। उनले भने, 'मुलुकको सुरक्षा व्यवस्था तथा अन्य क्षेत्रमा हामीले के-कस्तो योगदान गर्न सकिन्छ छलफल भएको थियो।'

घरमा बस्दा निष्क्रिय भएको जस्तो महसुस भएकोले राष्ट्रलाई केही सहयोग गर्न सकिन्छ भनेर छलफल भएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.