|

काठमाडौं : ईसेवाले आफ्ना एजेन्ट नेटवर्कलाई लक्षित गरी सञ्चालन गरेको ‘ईसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

काठमाडौंमा एक कार्यक्रमबीच ईसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरे। योजनामा पाँचजनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाइल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३०४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८१६ जनाले पाँच हजार रिवार्ड पोइन्ट जित्न सफल भएका छन्।

ईसेवामा आवद्ध भई कारोबार गरिरहेका एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै ईसेवाले बोनस रिवार्डका साथै विभिन्न पुरस्कार बम्पर अफर गत २०७६ फागुन १ देखि २०७७ चैत ३० र २०७७ कात्तिक १५ देखि माघ ३० सम्म उपहार योजना  सञ्चालन गरेको थियो। जसमा करिब एक लाखभन्दा बढी ईसेवा एजेन्टले सहभागिता जनाएका थिए।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४२ लाख नाघेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाखजनाले ईसेवामार्फत सेवा लिइरहेका छन्। हाल ईसेवाका देशभर करिब एक लाख २० हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.