|

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।

यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।

राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछि मसान्तसम्म शनिबारलगायतका जनसुकै सार्वजनिक बिदा पनि राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाले शाखा खोल्नुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.