|

इलाम : विराटनगरमा जारी छैटाैं संस्करणको विराट गोल्डकपको आजको खेलमा मनाङ मर्स्याङ्दी क्लब नखेल्ने भएको छ। प्रतियोगिताअन्तर्गत पहिलो क्वारटफाइनल खेलमा शनिबार विराटनगर महानगरपालिका र मनाङ बिचको खेल तय भएको थियो।

तेस्रो दिनको लागि तय भएको खेलमा मनाङले घरेलु टोली विराटनगर महानगरपालिका र युनाइटेड सिक्किम बिचको बिजेतासँग सेमीफाइनल प्रवेशका लागि भिड्नुपर्ने थियो। तर, मनाङले अन्तिम समयमा प्रतियोगिताबाट हात झिकेपछि आयोजकले रातारात अर्को टिमलाई प्रतियोगितामा समावेश गराए।

मनाङको स्थानमा आयोजकले वेस्ट बंगाल टिमलाई समावेश गरेको छ। आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ मनाङले धोका दिएको बताउँछन्। ‘अन्तिम समयमा आएर प्राविधिक समस्या भनेर मनाङ सहभागि भएन्’ उनले भने ‘ चिठ्ठी पठाएर ओके भइसकेको पछि अन्तिममा मिति सार्नु भन्यो हामीले करोडौँ लगानी गरेका छौँ। एउटा टिमको लागि अर्कोलाई मर्का पार्नु त भएन नि।’

प्रतियोगिता सम्पन्न भएपछि यस बारेमा छलफल गरिने बानियाँले बताए। यता एन्फाका केन्द्रीय सदस्‍य  रहेका मनाङका विजय घले आफूहरुले टिमले कन्फर्म नगरी टाइसिटमा हाल्नु आयोजकको गल्ती भएको बताए।

‘हामीलाई आयोजकले प्रतियोगितामा सहभागिताको लागि पत्र पठाएको हो तर हामीले सहभागी हुने विषयमा कन्फर्म गरेका थिएनौँ’ घलेले भने, ‘ हाम्रा खेलाडीहरु नेपाल सुपर लिगको लागि फ्रेन्चाइर्ज टिमसँग अनुबन्धन भएको कारण विराट गोल्डकप नखेलेका हौँ।’

पोखरामा जारी आहा रारा गोल्डकपको पहिलो खेलमा नै पराजित भएर बाहिरिएको मनाङ टिमको अन्य प्रतियोगिता सहभागिता अन्योल रहँदै आएको थियो। मनाङका धेरै खेलाडीहरुमा इन्जुरी समस्या देखिएपछि प्रतियोगितामा सहभागिता जनाउन नसकेको बताइएको छ।

विराटनगर रंगशालामा फ्लर्ड लाइटमा खेलाइएको प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल शनिबार साँझ ६:३० बजेबाट हुँदैछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.