काठमाडौं : स्रष्टा घनश्याम पथिकको नयाँ उपन्यास छुई शनिबार सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा हास्य कलाकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र मिस नेपाल शृङ्खला खतिवडाले उक्त उपन्यास सार्वजनिक गरेका हुन्।
कार्यक्रममा गजुरेलले खतिवडा र शर्मासँग छुई संवाद गरेका थिए। नेपाली समाजमा युवती र महिलामा हुने रजस्वलालाई लिएर लेखिएको उपन्यासमा नेपाली समाजको रजस्वलालाई हेर्ने र महिनावारी भएका युवती र महिलालाई गर्ने व्यवहारलाई अनेक कोणबाट प्रस्तुत गरिएको वक्ताहरूको भनाइ थियो।
लेखक पथिकले सामाजिक विकृतिको उक्त पाटोका कारण नेपाली महिलाले खेप्नुपरेको तनावलाई उपन्यासमा प्रस्तुत गरेको बताए। यो समस्या आमसमस्या भएकाले यसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो। शिखा बुक्सले प्रकाशन गरेको छुईको मूल्य ४२५ रुपैयाँ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।