|

काठमाडौं : इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नेईलाई हराएको छ। गएराति भएको खेलमा दिल्लीले चेन्नेईलाई ७ विकेटले पराजित गरेको हो।

चेन्नेईले दिएको १८९ रनको लक्ष्य दिल्लीले ३ विकेट गुमाएर ८ बल बाँकी छँदै भेट्टायो। उसका लागि शिखर धवनले ८५ र पृथ्वी शाले ७२ रन बनाए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएको थियो।

उसका लागि सुरेश रैनाले ५४, मोइन अलिले ३६ र साम कुरानले ३४ रन बनाए। जितसँगै दिल्ली २ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। समान अंक भएपनि नेट रनरेटका आधारमा बेंग्लोर दोस्रो स्थानमा छ। आइपीएलमा आज हैदरावाद र कोलकत्ता खेल्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.