|

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले चैतमा मात्रै १७१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतले कैद र जरिवाना तोकेपछि फरार भएका १७१ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको हो।

पक्राउ परेका प्रतिवादीहरु सार्वजनिक अपराध, लागुऔषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुञ्ज, हातहतियार खरखजाना, कुटपिट र कालोबजारी लगायत मुद्दाका अभियुक्त हुन्। उनीहरुबाट १८ वर्ष तीन महिना पाँच दिन कैद र सात लाख ७५ हजार ४३० रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।

पक्राउ परेकाहरुमा कुटपित र सवारी ज्यान मुद्दा २३ वर्षदेखि फरार रहेका समेत छन्। चितवन प्रहरीले चालू आर्थिक वर्षको हालसम्म ३८६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। उनीहरुबाट ५१ वर्ष तीन महिना कैद र ३२ लाख ६२ हजार २०६ रुपैयाँ जरिवाना असुलिएको छ। गत आर्थिक वर्ष २०७६/७७ मा १७४ जना फरार प्रतिवादीहरु पक्राउ परेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.