|

दैलेख : मध्यपहाडी (पुष्पलाल) राजमार्ग अन्तर्गत दैलेख खण्डको काम यतिखेर तीव्र गतिमा अघि बढेको छ। मुआब्जा लगायत यसअघिका विवाद समाधान भएपछि राजमार्ग निर्माणको कामले तीव्रता पाएको हो। 

दैलेख क्षेत्रमा पर्ने १ सय २५ किलोमिटरमध्ये करिब १८ किलोमिटर कालोपत्रे भैसकेको र बाँकी खण्डको काम पनि तीव्र गतिमा भइरहेको मध्यपहाडी (पुष्पलाल) आयोजनाको कार्यालय दैलेखले जनाएको छ।

विवाद समाधान भएपछि नारायण नगरपालिका क्षेत्रभित्र पर्ने ३ किलोमिटर सडक खण्डमा कामले तीव्रता पाएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। विभिन्न खण्डहरूको निर्माण जिम्मा लिएका १० वटा निर्माण कम्पनीहरूलाई गुणस्तरीयता कायम गर्दै राजमार्गको काम तीव्र पार्न निर्देश गरिएको उनले जानकारी दिए।

अहिले राजमार्ग निर्माणका लागि वाल निर्माण, ग्याबिन भर्ने र ग्राभेल गर्ने लगायतका कामहरूलाई निर्माण कम्पनीहरूले तीव्र पारेका छन्।

करिब आठ वर्षपछि आयोजनाको कामले तीव्रता पाएसँगै दैलेखका नागरिकमा खुसी छाएको छ।

राजमार्ग निर्माणका लागि दैलेख खण्डमा मात्र करिब ४ अर्ब रुपैयाँभन्दा बढी लागत बराबरको ठेक्का स्वीकृत गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.