यस्ता छन्‌ लक्षण र व्याख्या

|

काठमाडौं : सपना दिमागको एक विशेष राज्य हो, जहाँ वास्तविकताभन्दा भावना अधिक रहन्छ। कस्ता सपना देख्ने भन्नेबारे खाना र रोगहरूले ठूलो भूमिका खेल्ने बताइन्छ।

सपनालाई कति विश्वास गर्ने भन्नेबारे पनि आ-आफ्नै तर्क हुन्छन्‌। मानिस भावुक र विश्वासी प्राणी भएकाले उसलाई बिथोल्न सपना पनि पर्याप्त भैदिन्छ। सपनामाथि ज्योतिषदेखि वैज्ञानिकहरू समेत अनुसन्धानमा जुटिरहेका हुन्छन्‌।

घर गाउँमा प्रौढहरूले सपनाबारे गरेका चर्चा हामीले सुनिरहेका हुन्छौं। हिन्दु धर्ममा सपना देखिनुका पछाडि ग्रह र राशि चिन्ह पनि जिम्मेवार रहेको बताइन्छ।

देखिएका सबै सपनाको अर्थ हुँदैन, धेरैजसो सपना व्यर्थ हुन्छन्। अधिकांश सपनाहरू दिमागका विचार वा रोगबाट जन्मेका हुन्छन्। यी प्रकारका सपनाले वर्तमान वा भविष्यमा कुनै प्रभाव नपार्ने वा न्यूनतम मात्र प्रभाव पार्ने बताइन्छ।

केही सपना भने चेतावनी हुने पनि बताइन्छ। त्यस्ता सपना वास्तवमै महत्त्वपूर्ण हुने तार्किकहरू बताउँछन्‌। उनीहरूका अनुसार सपनाले भविष्यबारे चेतावनी दिन्छ र राम्रो तथा शुभ घटनाहरू देखाउने विश्वास हुन्छ।

भनिन्छ - बिहान देखिनपर्ने सपना प्रायः सही हुन्छन्।

आगो, सूर्य वा ज्वालामुखीको सपना देख्नुहुन्छ भने यसले तपाईंको असन्तुलित पित्तबारे बताउँछ। कमलको फूल, हात्ती, बाँदर, हंस र गाईको सपना धेरै शुभ मानिन्छ। यस्तो सपनालाई धन र सन्तान प्राप्ति हुने लक्षणका रूपमा हेरिने गरिएको छ।

सपनामा सर्प देखिए तनाव शुरू हुने बताइन्छ। सपनामा व्यक्तिको मृत्यु भएको देखिन्छ भने यो बुझ्नुपर्दछ कि त्यो व्यक्तिमाथि आएको संकट सकिएको छ। उसको आयु बढ्ने बुझिन्छ।

सपनामा कुनै दुर्घटना भयो भने होशियार हुनुपर्छ। बिरामी हुने सम्भावना बढ्ने बुझिन्छ। यदी तपाई आफैं वा अरू कसैले सपनामा पूजा गरिरहेको देख्नुहुन्छ भने बुझ्नुपर्छ कि तपाईंले केही ठूलो फाइदा उठाउन लाग्नुभएको छ। विशेषगरी रोजगार प्राप्त गर्न सक्नुहुन्छ।

यदी सपनामा पैसा, गहना, गहनाजस्ता चीजहरू देखिएको छ भने यो रोगको लक्षण हो। तपाईं बिरामी पर्न सक्नुहुन्छ, काम धरापमा पर्न सक्छ।

सपनामा सेतो चीजहरू देखापर्नु तपाईंको जीवनमा ठूलो परिवर्तनको संकेत हुनसक्छ। सामान्यतया: यस प्रकारको सपनाले ठूलो समस्याबाट मुक्त गर्ने विश्वास लिइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.