|

काठमाडौं : सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापालाई नेकपा एमालेको खनाल–नेपाल समूहले कारबाही गरेको छ। एक वर्षको लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो।  खनाल-नेपाल समूहका संयोजक भीम रावलको नेतृत्वमा बसेको बैठकले अध्यक्ष थापालाई कारबाही गरेको हो। 

पार्टीको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गनेजस्तो घातक कार्यमा संलग्न भएको भन्दै कारबाही गरेको विज्ञप्ति जारी गर्दै बताएको छ। पार्टी कार्यालयमा गुन्डा गर्दी र तोडफोड गर्ने काम समेत संलग्न भएको आरोप लगाएको छ। 

त्यसो त नेकपाको एकता भंग भएर एमाले ब्युतिएपछि अध्यक्ष केपी शर्मा ओली र खनाल नेपाल समूहले एक अर्को समूहलाई कारबाही गर्दै कमिटी गठन गर्दै आइरहेको छ। अध्यक्ष ओलीले  माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाको लागि कारबाही गरेको थियो। ​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.