|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३ सय ६७ जना कोरोनाका नयाँ संक्रमित भेटिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा आज देशभर ३ सय ६७ जना नयाँ संक्रमित भेटिएको मन्त्रालयको प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए।

काठमाडौं उपत्यकामा मात्रै १५४ जनालाई संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १२८, भक्तपुरमा ११ र ललितपुरमा १५ जना गरि उपत्यकामा १५४ मा कोरोना पुष्टि भएको हो।

यस्तै, आज १ सय ४१ जना संक्रमितले कोरोनालाई जितेर घर फर्किएका छन् भने यही समयमा १ जना संक्रमितको मृत्यु भएको बताइएको छ। आज देशभर २ हजार ९ सय ६१ जना सक्रिय केस रहेको समेत बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.