|

काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्रले नेपाल–भारतका कैयन् देवस्थलले विश्वव्यापी मान्यता राख्ने बताएका छन्। भारतको उत्तराखण्डको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन त्यहाँ गएका पूर्वराजाले पछिल्लो समयमा आर्य सभ्यताको महत्व खिइँदै गएको पनि बताए।

सो अवसरमा लिखित मन्तव्य राख्दै पूर्वराजाले बताएका छन् ‘सानो छँदा मैले हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको, के नेपाल सानो छ? भन्ने निबन्ध पढेको थिए, बडो चिन्ताका साथ हाम्रो आर्य सभ्यताको महत्व खिइँदै गएको कुरामा उहाँले उक्त निबन्ध लेखेको स्मरण गर्दै कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो भएको बताएका छन्।

उनले मन्तव्यमा प्रकृतिप्रति प्रेम गर्ने र प्रकृति संरक्षणको कार्यमा अनूराग राखेर काम गरेको एक प्रकृति पुजक पात्र भएका नाताले म हाम्रो त्यस्तो धार्मिक धारणा र शास्त्रीय दृष्टिकोणको सम्मान गर्दछु भन्दै जल, स्थल र आकाशलाई निरन्तर विषाक्त बनाइंदै लगिएको सन्दर्भ उल्लेख गरेर आजको प्रदूषणयूक्त विश्व क्षेत्रमा समस्त वातावरणलाई अमृतमय बनाउने दृष्टिकोणले हेर्दा कूम्भ मेलाको औचित्य आजको समयमा पनि अर्थपूर्ण भएको बताएका छन्। 

पूर्वराजाले हराभरा स्वच्छ प्रकृति, निर्मल नद नदि तथा ताल तलैया एवं समस्त वातावरणलाई प्रदूषण मुक्त बनाउने आजको विश्वव्यापी अभियानमा कुम्भ मेला जस्ता हाम्रा यस्ता धार्मिक अनुष्ठान सर्वथा उपयोगी र प्रेरणादायी हुने बताएका धारणा पनि राखेका छन्। 

हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातन आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौं ग्रन्थ शास्त्र सबै महत्वपुर्ण भएको उल्लेख गर्दै तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनूशिलन आफैमा गहन भएको बताएका छन् । 

नेपाल र भारतका कैयन देवस्थलहरू, धामहरू एवं अनेकौं स्थानहरू यस्ता  छन् जसले सदैव सर्वे भवन्तू सुखिनको विश्वव्यापी मान्यता राख्ने बताउदै पूर्वराजाले हामी कतिले र अरू कतिले हाम्रा यी धार्मिक सांस्कृतिक स्थलहरूले बिशेष महत्व बोकेको उल्लेख गरेका छन्।

कतिपय वाह्य दवाव, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण यताका केहि समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको उल्लेख गर्दै​ अब हामीले हाम्रो धर्म बचाउनु छ, हाम्रो संस्कृतिको रक्षा गर्नू छ, हाम्रा मठ मन्दिर, देवस्थल र धामहरूको विकास गर्नू पर्ने पनि उनले बताएका छन्। । 

हरिद्वारको गंगा किनारमा अवस्थित अनादि श्री सिद्ध पीठ श्री दक्षिणकाली मन्दिरमा रहेको आश्रममा आज बिहान वैदिक मन्त्रोच्चारण साथ पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो। 

सन्त, महन्त ,मठाधिश , पीठाधिस, तथा हिन्दु अनुयायीहरुले भाेली नेपाली झण्डा र राजदण्ड अंकित राजसंस्थाकाे झण्डा सहित पूर्वराजालाई बग्गीमा परिक्रमा गराउदै बाजा गाजाका साथमा हिन्दु सम्राटकाे शाहि स्नानका निम्ति सवारी गराउने कार्यक्रम रहेको आयाेजकलाई उदृत गर्दै पूर्वराजाको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.