|

सल्यान : तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका कारण ध्वस्त भएको सल्यानको झिम्पे रिपिटर टावर २२ वर्षपछि संचालनमा आएको छ।

तत्कालिन माओवादीले झिम्पे प्रहरी चौकीमा आक्रमणका सिलसिलामा २०५४ कात्तिक १० गते टावर ध्वस्त भएको थियो। 

रिपिटर टावरको सुरक्षाका लागि बसेको प्रहरी चौकीमाथि माओवादीले आक्रमण गर्दा आगलागी भएर टावर ध्वस्त भएको थियो। यसले असुविधामा बसेका स्थानीय जनता झन्डै २२ वर्षपछि टावर सञ्चालन आएपछि सल्यानसहित रोल्पाका सेवाग्राही समेत खुसी भएका छन्।

सञ्चारसेवाबाट बञ्चित झिम्पेबासी टावर सञ्चालनसँगै सञ्चारसेवामा जोडिएको छत्रेश्वरी गाउँपालिका–४ का वडाध्यक्ष नेवबहादुर खड्काले बताए। उनले भने, ‘टावर सञ्चालन नहुँदा फोन गर्न टावर आउने ठाउँमा मोबाइल झुन्ड्याएर राख्नुपर्ने बाध्यता थियो। तर आजबाट उक्त बाध्यताको अन्त्य भएको छ।’ 

छत्रेश्वरी गाउँपालिका, नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा टावर पुनः सञ्चालनमा आएको छ। टावर सञ्चालन गर्न गाउँपालिकाले गत वर्ष नै टावरसम्म विद्युत विस्तार गरेको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए। टावर सञ्चालनसँगै सञ्चार सम्पर्कबाट विमुख झिम्पे र रोल्पाका जनता प्रत्यक्ष लाभान्वित भएका उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.