|

चितवन : चितवनमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। ​आज साढे सात बजे राप्ति नगरपालिका –११ आंमपानीको चिउडे खोला भन्ने स्थानमा अनियन्त्रित भई ट्याक्टर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।​

थाकलटारबाट चिउँडेखोला गइरहेको ना१त ६२८२ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट २०० मिटर तल खसेको प्रहरीको भनाइ छ। ट्याक्टरमा २० देखि २५ जनासम्म सवार रहेका प्रहरीले जनाएको छ। 

अन्य गम्भीर घाइते भएका बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। राप्ति नगरपालिका तीन वटा अस्पतालमा घाइतेको उपचार भइरहेको पर्सा प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए। उनका अनुसार घाइतेहरूको भरतपुर अस्पताल, सिएमसी र सिएमएस अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। 

यद्यपि ट्याक्टरमा कति जना सवार थिए भन्न भने यकिन भइनसकेको एसपी अधिकारीले बताए। बाटो विकट भएको र रात पनि परेकाले दुर्घटना भएको हुन सक्ने उनले बताए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.