|

पर्सा : पर्सास्थित कालिकामाई गाउँपालिका-१, तिनडुवियाका एक किसानको गहुँको खेतमा १५ केजी प्रतिबन्धित लागुऔषध चरेस बेवारिस भेटिएको छ।

दुईवटा बोरामा पोको पारेर गहुँ खेतमा फालिएको अवस्थामा सो प्रतिबन्धित लागुऔषध बरामद गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्‌। 

मकवानपुर तिरबाट भारत पुर्‍याउन सो चरेस ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

बरामद गरिएको चरेस इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएको छ। खेतमा चरेस फ्याँक्नेलाई समात्न सुक्ष्म अनुसन्धान थालिएको पर्सा प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.