|

काठमाडौं : नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण र संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ।

२९ चैतमा सम्पन्न अधिवेशनले प्राडा खगेन्द्रप्रसाद लुइँटेललाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डाक्टर भरतकुमार भट्टराई, उपाध्यक्ष नरनाथ लुइँटेल, महासचिव प्राडा लक्ष्मणप्रसाद गौतम, सचिवमा घनेन्द्र ओझा, कोषाध्यक्ष सहप्राध्यापक डाक्टर नारायण शर्मा गैरे निर्वाचित भएका छन्।

यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्राडा देवीप्रसाद गौतमले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.