|

मकवानपुर : मकवानपुरको हेटौंडामा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आज सोमबार फाइनल खेल हुँदैछ। 

प्रतियोगिता अन्तर्गत भलिबल र कबड्डी लगायत सबै खेलको अन्तिम प्रतिष्पर्धा आजै गर्न लागिएको आयोजक जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन खुसराज दाहालले जानकारी दिएका छन्‌।  

चैत ३१ गते भोलि मंगलबार प्रतियोगिता समापन गर्ने तयारी गरिएपनि कोरोनाका कारण फाइनल प्रतिष्पर्धा आजै सोमबार गरी विजेताहरूलाई पुरस्कार वितरण गर्ने तयारी भएको कार्यालय प्रमुख दाहालले जानकारी दिए। 

प्रतियोगितामा हिजो आइतबार ज्याभलिङ थ्रो, सटपुट र दौडमा प्रतिष्पर्धा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.