|

भक्तपुर : उपत्यकाव्यापी धिमेबाजा प्रतियोगितामा भक्तपुर कमलविनायकको लुजः धिमे खलः प्रथम भएको छ।

मध्यपुर थिमि नगरपालिकाको सहयोगमा ओस्ला नेपालले आयोजना गरेको प्रतियोगितामा लुजःले प्रतिस्पर्धी ३० धिमे खलः पुचःलाई उछिन्दै प्रथम भएको हो। लुजःले नगद १५ हजार पुरस्कारका साथै शिल्ड, प्रमाणपत्र हात पारे।

प्रतियोगितामा भक्तपुरकै दत्तात्रय धिमे खलः द्वितीय, सूर्यविनायक नगरपालिका-१ सिरुटारको सिरुटार धिमे खलः तृतीय र मध्यपुर थिमिको जात्राया मालिक श्री ३ विष्णुवीर धिमे खलः (रातो)ले सान्त्वना पुरस्कार प्राप्त गरे। द्वितीय हुने दत्तात्रयले १० हजार, तृतीय हुने सिरुटारले पाँच हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन्। सान्त्वना टोलीले विष्णुवीरले शिल्ड र प्रमाणपत्र प्राप्त गर्‍यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.