|

संखुवासभा : संखुवासभाको जिल्ला अस्पताल खाँदबारी प्रदेश १ का १४ जिल्ला अस्पताललाई पछि पार्दै पहिलो बनेको छ। न्यूनतम सेवा मापदण्ड मापनमा प्रदेशका १४ वटा अस्पताललाई पछि पार्दै पहिलो भएको हो।

जिल्ला अस्पताल संखुवासभाले ७१ प्रतिशत अंक ल्याएर प्रथम भएको अस्पतालका संखुवासभाका निमित्त प्रमुख सुन्दरश्याम झाले जानकारी दिए। यसअघि खाँदबारी अस्पताल प्रदेश १ मा १२औं स्थानमा थियो। त्यस्तै‚ उदयपुर जिल्ला अस्पताल दोस्रो र इलाम जिल्ला अस्पताल तेस्रो स्थानमा रहेको छ।

५० शय्याको द्वितीय स्तरको प्रादेशिक अस्पताल प्रदेश १  मा १४ वटा रहेको जिल्ला समन्वय समितीका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए। जनशक्तिको व्यवस्थापन, आर्थिक व्यवस्थापन, औजार उपकरणको उपलब्धता र प्रयोग, मानव संशाधन व्यवस्थापन, बिरामीको सेवा सुविधा, फोहरमैला र विपत व्यवस्थापनमा भएका ९३९ अंकमा ७१ प्रतिशत ल्याएको अध्यक्ष शाक्यले जानकारी दिए।

अस्पताल सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की समेतको विज्ञ टोलीले अनुगमन गरेको अध्यक्ष शाक्यले बताए। आगामी बर्षमा थप नयाँ सुविधा अस्पतालमा थप्ने योजना रहेको शाक्यको भनाइ छ।

चालु आर्थिक वर्षमा ब्लड कल्चर सेवा र हार्डजोर्नी विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारीमा रहेको अस्पतालका प्रशासनले जनाएको छ। आगामी आर्थिक वर्षमा सिटी स्क्यान र आइसियु कक्ष समेत सञ्चालन गर्ने लक्ष राखेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.