|

मकवानपुर : मकवानपुरको हेटौंडा उपमहानगर-९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको सोमबार बिहान करिब ९ बजे करेन्ट लागेर मृत्यु भएको हो।

घरमा रहेको तारलाई फलामको डन्डीले उठाउन खोज्दा विजुलीको तारमा फलामले छोएर करेन्ट लागेको हो। करेन्ट लागेर गम्भीर घाइते भएका पाख्रिन दम्पतीलाई उपचारका लागि हेटौंडा अस्पतालमा लगिएको थियो। शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.