|

काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) को दोस्रो चरणको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना रोकथामका लागि जनचेतनामुलक अभियान सुरु गरेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा आजदेखि पुरानो बसपार्कबाट 'ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना' भन्ने मुल नाराका साथ अभियान सुरु गरेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामुलक अभियान सुरू गरिएको बताए। उनले कोभिड १९ बाट यातायात क्षेत्र उच्च जोखिममा रहेकाले बेलैमा सुरक्षाका सावधानी अपनाएर मात्र चलायमान गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा यातायात व्यवसायी, मजदुर संघ/युनियनका पदाधिकारी, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूले सवारी साधनहरूमा यात्रुले देखिने गरी जनचेतनामुलक स्टिकर टास्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क वितरण गरेका थिए।

महाशाखाले चालक‚ सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दूरी कायम गरी सवारी साधनको प्रयोग गर्न अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.