|

काठमाडौं : विश्व हिन्दु युवा संघले काठमाडौंको बासबारीमा रहेको विश्व हिन्दु महासंघको कार्यलयमा गरिएको तोडफोडको घटनाप्रति निन्दा गर्दै यस्ता गतिविधिमा संलग्नलाई सरकारले कारबाही नगरे आफूहरुले तह लगाउने बताएको छ।

आज (सोमबार) संघका प्रवक्ता अनुराग शाहले एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। प्रवक्ता शाहले यस्तो घृणित कार्यमा संलग्न अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरे।

सरकारलाई हिन्दु धर्मका सन्त, महन्त, मठमन्दिर र हिन्दु संघ संगठनका कार्यलयमा पूर्ण सुरक्षा प्रत्याभूति गराउन पटकपटक ध्यानाकर्षण गराउँदै आएका र पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारको लापरबाहीका कारण हिन्दु संघसंस्थाका कार्यलय तथा सन्तमहन्तमाथि आक्रमण किन भइरहेको छ भनी प्रश्न गरेको छ। 

वक्तव्यमा भनिएको छ– सरकारलाई म पुन एकपटक भन्न चाहन्छु यस्ता घृणित कार्यमा संलग्नलाई कारबाही गर्न नसक्ने हो भने हामी कारबाही गर्न सक्दैनौं भनेर हामीलाई स्पस्ट पार्दिनु र त्यसपछाडि ती अपराधीलाई विश्व हिन्दु युवा संघले आफ्नो हिसाबले भौतिक कारबाही गर्छ र त्यसको जिम्मा सरकारले लिनुपर्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.