|

पर्वत : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पर्वतका जिल्लाका ४८ ओटा विद्यालयले छ करोड ८२ लाख रुपैयाँ पाउने भएका छन्। 

विवरण अनुसार १८ लाख रुपैयाँ बजेट पाउनेमा कुस्मा नगरपालिकाका स्यानीपोखरी प्रावि, सूर्योदय प्रावि, मंगलोदय मावि फलेवास नगरपालिकाका शिशु निकेतन प्रावि, भूमे आधारभूत विद्यालय, जनता मावि, लिमिठाना मावि, र जनज्योति मावि छन्।

यस्तै मोदी गाउँपालिकाको पशुपति मावि, महाशिला गाउँपालिकाका  मदनआश्रीत मावि, फलामखानी आधारभूत विद्यालय, जनविकाश मावि,  बालारानी मावि, महेन्द्रज्योति मावि, महेन्द्रोदय मावि, र सूर्य मावि छन्।

सोही बराबरको जलजला गाउँपालिकाका जनकल्याण मावि, शिव मावि, बिहादी गाउँपालिकाका आम्बारी आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, चन्द्र मावि, आम्वारी मावि, लक्ष्मी भवन मावि, सगरमाथा मावि र शालिग्राम मावि तथा पैयुँ गाउँपालिकाका यज्ञश्वर आधारभूत विद्यालय, क्यामुने भञ्ज्याङ मावि, विनु मावि, धर्मोदय मावि, टकलाक मावि र जनता मावि रहेका छन्।

यस्तै कुस्मा नगरपालिकाका सार्वजनिक मावि, जनक मावि, नुवार सुवेदीथर मावि र हिमालय माविले छ लाख ५० हजार रुपैयाँका दरले अनुदान पाउने भएका छन्। यही रकम पाउनेमा मोदी गाउँपालिकाका जनसिद्ध मावि र जननेत्र मावि, महाशिला गाउँपालिकाका बालारानी मावि र स्वधर्म मावि, जलजला गाउँपालिकाको शालिजा मावि, बिहादी गाउँपालिकाका जनसेवा प्रावि, रानीपानी आधारभूत विद्यालय र नेपालतारा मावि तथा पैयुँ गाउँपालिकाबाट लक्ष्मी भवन प्रावि रहेका छन्।

जिल्लाभर सबैभन्दा बढी २४ लाख ५० हजार रुपैयाँ अनुदान पाउने विद्यालयहरू जलजला गाउँपालिकाका ग्रामप्रकाश मावि र फर्से धाइरिङ मावि तथा महाशिला गाउँपालिकाको गोर्ल्याङ्गधाम आधारभूत विद्यालय रहेका छन्। सोही स्थानीय तहको विद्याज्योति माविले पनि १३ लाख रुपैयाँ पाउने भएको छ।

पर्वतका सात ओटै स्थानीय तहका विभिन्न विद्यालयहरूले कम्तीमा १३ लाख रुपैयाँदेखि बढीमा २४ लाख ५० हजार रुपैयाँसम्म रकम पाएका छन्। सरकारले तय गरेको मापदण्ड अनुसार १८ लाख रुपैयाँ बजेट पाएका विद्यालयले उक्त रकमबाट विद्यालय भवन निर्माण गर्नेछन्, ६ लाख रुपैयाँ बजेट पाएकाहरूले विद्यालयमा सूचना प्रविधिको विकास गर्न तथा २४ लाख ५० हजार बजेट पाएकाहरूले भवन निर्माण र सूचना प्रविधिमा त्यो पैसा खर्च गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.