|

काठमाडाैं : नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सांसद धर्मराज रेग्मीले जननिर्वाचित सांसदको पद प्रचण्डको सनकमा फालिने व्यवस्था नभएको लेखेका छन्।

आज फेसबुकमार्फत लामो स्टाटस लेख्दै उनले 'दैलेखजस्तो माओवादी लेखेटिएको' ठाउँबाट आफूले जिते पनि पार्टीले आफूलाई नबुझेको भन्दै पीडा पोखेका हुन्। 

आज माओवादी केन्द्रले उनै रेग्मीलाई पदमुक्त गरेको थियो। माओवादी केन्द्र त्यागेर नेकपा एमाले प्रवेश गरेका उनको सदस्य पद धरापमा परेको हो। उनी दैलेख निर्वाचन क्षेत्र नं १ क बाट निर्वाचित सांसद हुन्।

साथै उनले माओवादी र एमाले पार्टी एकता भएपछि उनले आफूलाई पार्टीको साझा उम्मेदवार दाबी गरेका छन्। उनले फेसबुकमा लेखेका छन् – जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज गर्दा स्पष्टीकरण समेत लिने अनिवार्य कानुनी ब्यवस्थाको धज्जी उडाएर बाटो- बाटोबाट जननिर्वाचित सांसदको पद कमरेड प्रचण्डको सनकमा फालिने ब्यवस्था लोकतन्त्र होइन । लोकतन्त्रमा त्यो अधिकार अमुक नेतामा हुँदैन, त्यसो त युद्धताका पार्टीमा फरकमत राख्ने नेता कार्यकर्ता माथि कोर्टमार्सल गरिन्थ्यो । लोकतन्त्रमा त्यस्तो गर्न मिल्दैन 

यस्तो छ उनले फेसबुकमा लेखेको

सार्वजनिक अपिल आदरणीय दिदिबहिनी तथा दाजुभाइ , म धर्मराज रेग्मी २०७४ सालको निर्वाचनमा दैलेख १,क. बाट बाम गठबन्धनको साझा ...

Posted by Dharma Raj Regmi Page on Monday, April 12, 2021

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.