|

उदयपुर : उदयपुरको कटारी–मरुवा खण्डमा सडक कालोपत्रे गरि नसक्दै भत्किएको छ। रातिराति कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरेकोले सडक निमार्ण नसकिँदै उप्किएको  स्थानीयले गुनासो गरेका छन्। 

हिजो राति गरेको कालोपत्रे २४ घण्टा नबित्दै उक्किएपछि गुणस्तरहीन काम भएको थाहा पाइएको स्थानीय धीरेन्द्र कोइरालाले बताए। प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत ३ करोड २४ लाख ६ हजार ५ सय ७४ को लागतमा कालोपत्रेको काम सुरु भएको थियो। 

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयमार्फत रौता सुसम आदित्य रेग्मी जेभीले काम सुरु गरेको उक्त कालोपत्रे २४ घण्टासमेत टिकेन। २०७६ चैत्र ६ गते सम्झौता गरेको ठेकेदार ३२ सय मिटरमा कालोपत्रे काम सम्पन्न गरिने भएको छ। 

कटारी अस्पताल चोकदेखि ३२ सय मिटर सडक कालोपत्रे गर्ने भनी ठेकेदारले काम थालेर बीचमा अलपत्र बनाएर छाडेपछि स्थानीय धुलोबाट आजित भएपछि छिटो कालोपत्रे गर्न माग गर्दै स्थानीयले पटकपटक उक्त सडक खण्डमा यातायात संञ्चालनमा अवरोध गर्दै आएका थिए।

कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा कालोपत्रे सुरु भएको थियो। 

स्थानीयको चर्को दबाबपछि सुरु भएको कालोपत्रे नबन्दै उक्किएपछि थप दुःखी भएको र भत्किएको उक्त कालोपत्रे फेरि बनाउनुपर्ने स्थानीय दीपक राउतले बताए। कालोपत्रे उक्किएको ठाउँमा फेरि कालोपत्रे गरिने पूर्वाधार सडक विकास कार्यालयका प्रमुख जितेन्द्र कर्णले बताए। 

सडम कालोपत्रे नबन्दा सडकमा आवतजावत गर्ने यात्रु मात्र होइन, त्यो लाइनमा सञ्चालन गरिएका होटल व्यवसाय पनि चौपट भएको होटल व्यवसायीहरुले बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.