|

काठमाडौं : चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई आजदेखि लगाइँदै छ।

४० वर्षदेखि ५९ वर्षसम्मका सबै नागरिकका साथै यसअघि उमेर र सेवा समूहमा छुटेका तथा फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकलगायत अत्यावश्यक सेवाका व्यक्तिलाई यो खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले जनाकारी दिए। 

यो चरणमा आजदेखि वैशाख ५ गतेसम्म खोप दिन लागिएको हो। यसअघि सरकारले चैत २५ गतेदेखि केही निश्चित सेवा समूहका व्यक्तिलाई खोप दिएको थियो। यो समूहमा शिक्षक, प्राध्यापक, चीनमा अध्ययन तथा व्यापारका लागि जाने व्यक्ति, अन्य देशमा अध्ययनका लागि जाने व्यक्ति तथा होटेल, ट्रेकिङ एवम् फलफूल व्यवसायमा रहेका व्यक्ति समेटिएका थिए। 

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, त्यसपछि अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारकर्मीलगायत अत्यावश्यक सेवाका व्यक्तिलाई खोप कार्यक्रम गरेको थियो। अर्को चरणमा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप प्रदान गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.