|

सर्लाही : बागमती नगरपालिकामा सम्पन्न पाँचौ राजर्षि जनककप फुटबल प्रतियोगिताको उपाधि पिप्ले युवा क्लब हेटौडाले चुमेको छ।

सोमबार बागमती-११ कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न फाइनल खेलमा आयोजक बागमती नगरपालिकालाई पिप्लेले ट्राइब्रेकरमा पाराजित गरेको हो। पिप्लेले उपाधिसँगै १० लाख एक हजार रूपैयाँ हात परेको छ। उपविजेता बागमतीले ५ लाख ५ रुपैयाँ प्राप्त गरेको छ।

खेलको म्यान अफ दि म्याच पिप्लेका ग्लोरी घोषित भए। उनले १० हजार रूपैयाँ प्राप्त गरे। प्रतियोगिताको म्यान अफ द सिरिज बागमतीका विजय घलान भएका छन्। उनले ५१ हजार रूपैयाँ प्राप्त गरेका छन्। यस्तै‚ उत्कृष्ट गोल रक्षकको उपाधि बागमतीका अरुण ब्लोन, उत्कृष्ट डिफेन्डर पिप्लेका सहिद, उत्कृष्ट मिडफिल्डर पिप्लेका राजेन्द्र रावल, सर्वाधिक गोलकर्ता बागमतीका स्टेफन समीर र उत्कृष्ट कोच पिप्लेका सुदिन घिमिरे घोषित भए। उनिहरुले जनही २०/२० हजार रूपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगिताको उदीयमान खेलाडिको उपाधि बागमतीका गोलरक्षक अरुण ब्लोनले हात पारेका छन्। उनले बजाज कम्पनीको १५० सिसिको एक थान मोटरसाइकल प्राप्त गरेका छन्।

बागमती नगरपालिका र बागमती युवा क्लब कर्मैयाको आयोजनामा संचालित प्रतियोगितामा चैत २१ देखि सुरु भएको हो। आयोजक दुई, अन्तर्राष्ट्रिय दुई, विभागीय एक र मोफसलका पाँच गरी प्रतियोगितामा १० टिमले सहभागिता जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.