|

वीरगञ्ज : पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोनाका कारण एक युवकको मृत्यु भएको छ। 

बाराको छापा पिपराका ३७ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको अस्पतालका डाक्टर शरदरोशन दासले जानकारी दिए।  

ज्वरो आउने रुघा खोकी लाग्नेलगायतका स्वाथ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल गएका उनको पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनी केही समयअघि भारतको हैदराबादबाट आएका थिए।  

यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा पर्साका ३७ जना र बाराका २ जना रहेका प्रयोगशालाले जनाएको छ। संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। संक्रमित सवैको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको डा दासले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.