|

काठमाडौं : इन्टरपोलबाट रेड नोटिस जारी भएका तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरीले युएईबाट पक्राउ गरेको छ। उनी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त हुन्।

कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्युरो काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो। उनलाई इन्टरपोल आवुदावी युएईको समन्वयमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई युएईबाट पक्राउ गरेको हो।

पक्राउ परेका पुरीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.