|

ताइवानले आफ्नो वायु क्षेत्रमा चीनका दुई दर्जनभन्दा धेरै लडाकु विमान प्रवेश गरेको जानकारी दिएको छ। 

त्यहाँको रक्षा मन्त्रालयले सोमबार चिनियाँ जहाज आफ्नो आकाशमा उडेको जानकारी दिएको हो। प्राप्त जानकारीअनुसार २५ वटा चिनियाँ लडाकु जहाजहरू हवाइ प्रतिरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए।

चीनले लडाकु विमान र परमाणु हतियार बोक्न सक्षम बमबर्षक पनि आफ्नो आकाशमाथि पठाएको ताइवानले दाबी गरेको छ। 

पछिल्लो एक वर्षभित्र भएको यो हवाइ अतिक्रमण अहिलेसम्मकै ठूलो भएको बताइएको छ। ताइवानलाई सहयोग गरिरहेको अमेरिकाले हालै चीनलाई यस्ता हर्कत नगर्न चेतावनी दिएको थियो। 

चीनले एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्ने गर्छ। तर ताइवानले आफू एक सम्प्रभु राष्ट्र भएको बताउने गरेको छ। 

सोमबार चीनले १८ लडाकू जेट, परमाणु हतियार बोक्नसक्ने चारवटा बमबर्षक विमान, दुईवटा एन्टी सबमरिन विमान र एउटा पूर्व चेतावनी संकलन विमान ताइवानको आकाशमा घुमाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.