|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाक्लो बस्ती भएका शहरका विद्यालय एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काठमाडौं उपत्यकासहित बाक्लो बस्ती भएका शहरमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको जानकारी दिएको छ।

पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट कम उमेर समूहमा बढी देखिएको बताए। मन्त्री त्रिपाठीले चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको जानकारी दिए।

उनका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ। तर यसबारे निर्णय हुन बाँकी छ। उनले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कोरोनाको भ्याक्सिन नभएकाले जोखिम बढेको उनले बताए।

संक्रमण डरलाग्दो अवस्थामा पुगेको भन्दै त्रिपाठीले अहिलेसम्म जतिपनि भ्याक्सिन १८ वर्षमाथिका लागि मात्रै बनेकोले बालबालिकालाई जोगाउन चुनौती थपिएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.