|

काठमाडौं : नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई  र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। देउवा निवास बूढानीलकण्ठमा जसपा नेताहरुसँग भेटवार्ता भएको हो। 

सत्ता समीकरणको बिषयमा देउवा र जसपा नेताहरुबीच भेटवार्ता भएको हो। ओली सरकार ढालेर कांग्रेस माओवादी केन्द्र र जसपाको गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ। 

शुक्रबार देउवाले तीन दलको संयुक्त बैठक राखेका थिए। संयुक्त सरकार बनाउने देउवाको प्रस्तावमा माओवादी केन्द्रले सहमति जनाएको भएपनि जसपाले सहमति जनाएको छैन। 

गठबन्धनको सरकार बनाउने कि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने भन्ने बिषयमा जसपामा विवाद छ। 

संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादव ओली सरकार ढाल्ने पक्षमा रहेपनि अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारको निरन्तरताको पक्षमा सहमति नजिक छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.