काठमाडौं : गोंगबुको एक टहरामा मंगलबार दिउँसो आगलागी भएको छ।
राैतहट घर भएका श्यामनारायण यादवको टहरामा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) रोशन खड्काले जानकारी दिए।
उनले दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको बताए। ‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’उनले भने,‘लत्ता कपडा,बेडलगायत जलेर सबै नष्ट भएको छ।’
उनले मानवीय क्षति नभएको तर,घरभित्रको सामान भने जलेर करिब तीन लाख बराबरको क्षति भएको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।