|

सर्लाही : बागमती नगरपालिका–८, गाजली चोकमा आज दिउँसो ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

दिउँसो २ बजेतिर गाजली चोकस्थित मावि विद्यालय अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु भएको हो। उत्तरतर्फबाट गइरहेको भारतीय नम्बर प्लेटको बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फबाट आइरहेको ज१त १५७४ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। 

दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१५, पिप्राभित्ताका ५० वर्षीय भिखारी साह र मोटरसाइकल पछाडि सवार भारतीय नागरिक ४० वर्षीय प्रकाश सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक दुवैको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उद्धवसिंह भाटले जानकारी दिए।

दुर्घटनामा संलग्न ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन्। मुख्य चौकमा दुईतर्फबाट आएका ट्याक्टर र मोटरसाइकलले एकले अर्कालाई नदेखिएर ठोक्किदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

बागमती खोलाबाट बालुवा लिएर आउँदै गरेको ट्याक्टर मोटरसाइकललाई ठक्कर दिएर विद्यालयको भवनमा ठक्कर दिन पुगेको बागमती नगरपालिका–८, का वडाध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.