|

तनहुँ : केपी ओली र सूर्य चिह्नधारी आधिकारिक पार्टीलाई समाप्त पार्न खोज्नेहरूलाई भूगोलमा नभई गुगलमा खोज्नुपर्ने दिन आउने एमाले नेता महेश बस्नेतले बताएका छन्। 

मंगलबार दमौलीमा आयोजित जिल्लास्तरीय युवा भेलामा प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रचण्ड पक्षले हरसम्भव प्रयास गरिरहेका उनको भनाइ थियो। 

उनले नेपाली इतिहासमा नाम मात्र सीमित रहने चेतावनीसमेत दिए। ‘प्रचण्ड कमरेड र माधव नेपालको एकताले आफू स्वयंको भविष्य सकाएका छन्,’ उनले भने, ‘देशभर बनाइएको समानान्तर समितिको कुनै औचित्य छैन।’

चुनावसम्म समानान्तर समिति गठन गरी असली नेकपा एमालेलाई हराउने षडयन्त्रमा लागिरहेको उनको आरोप छ। ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्न खोज्नेहरुको भविष्य नै मर्ने निश्चित छ,’ उनले भने।

नेपाली कांग्रेसले सत्तामा जाने म्याण्डेट नलिई प्रतिपक्षी भएर पद खाने दाउमा लागेको उनको आरोप थियो। प्रचण्ड पक्षले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मका विभिन्न पदको प्रलोभन देखाएर नेपाली कांग्रेससँग मिलेर पुनः सरकार र सत्तामा आउने दाउ खोजिरहेको पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.