काठमाडौं : इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा साविक विजेता मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गरेको छ। १ सय ५३ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो।
कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। यता, २४ बलमा ५ चौका र एक छक्का प्रहार गरेका शुबनम गिलले ३३ रनको योगदान दिए। अन्यले दोहोरो अंक छुन सकेनन्। कोलकातार्ला सस्तैमा समेट्न मुम्बईका राहुल चाहरले ४ विकेट लिए। उनले ४ ओभरमा २७ रन खर्चिएका थिए। यस्तै ४ ओभरमा २७ रन खर्चिएका ट्रेण्ड बोल्टले २ विकेट लिए। यता ४ ओभरमा १३ रन खर्चिएका क्रुनाल पान्ड्याले १ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। मुम्बईका लागि सुर्यकुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।