|

काठमाडौं : नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्या बढेको छ। गत महिनासम्म कम मात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा ३४ करोड रुपैयाँभन्दा बढी कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन २०७७ अनुसार गत माघको तुलनामा फागुनमा मात्र ३४ करोड ३० लाख रूपैयाँबढी कारोबार भएको छ।

गत माघमा एक अर्ब ७१ करोड २० लाख रूपैयाँबराबरको कारोबार भएकोमा फागुनमा दुई अर्ब ५५ करोड रूपैयाँबराबरको कारोबार भएको हो। यसैगरी, गत माघ महिनामा पाँच लाख ३५ हजार ७९० पटक कारोबार भएकोमा फागुनमा ६ लाख ३५ हजार ७३८ पकट कारोबार भएको छ। पछिल्लो समय कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटमार्फत हुने कारोबार रकममा वृद्धि हुने गरेको छ। गत महिनाको तुलनामा माघमा मात्र अनलाइनमार्फत १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.