|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्‍डारीले डा. सन्दुक रुइतसहित ४ सय ५२ लाई नयाँ नक्सा अंकित पदकले सम्मान गरेकी छन्। पदकमा लिम्पियाधुरा-लिपुलेकसहितको नेपालको नयाँ नक्सा अंकित गरिएको छ। 

मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, प्रबल जनसेवा श्री चतुर्थ श्रेणीमा २४२, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलङ्कारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो।

यसअघि गृह मन्त्रालयले एक विज्ञप्ति मार्फत नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू भएको नयाँ नक्सा अंकित विभूषण २०७८ वैशाख १ वितरण गर्ने जनाएको थियो।

केही दिन अगाडि वितरण गरिएको पदकमा नेपालको नयाँ गायब भएपछि सर्वत्र विरोध भएपछि मन्त्रालयले आपत्ति जनाएको थियो। विज्ञप्ती जारी आउँदो वैशाख १ गते वितरण गरिने पदकमा नयाँ नक्सा सहितको पदक वितरण गरिने प्रस्ट पारेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.