|

काठमाडौं : मुलुकभर नयाँ वर्षको पहिलो दिन ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार २ सय ८९ जनामा पिसिआर परीक्षण गर्दा ५ सय ८० र एन्टिजेन विधिबाट ४ सय ५१ जनाको परीक्षण गरिएको थियो। जसअनुसार २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

उनका अनुसार काठमाडौं उपत्यकामा २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १ सय ७३, भक्तपुरमा २० र ललितपुरमा ६१ जनामा पुष्टि भएको छ।

संक्रमणदर बढदै जाँदा अस्पतालको सघन कक्षमा उपचार गराउनेको संख्या बढदै गएको छ। आइसीयुमा ८० र भेन्टीलेटरमा २५ जनाको उपचार भइरहेको छ। २४ घण्टामा १ सय २९ जना संक्रमणमुक्त भएका छन्। गतवर्षको वैशाख १ गते १४ जनामा कोरोना पुष्टि भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.