पिसिआर परीक्षण व्यापक भए संक्रमणदर बढ्ने

|

काठमाडौं : बेलायतमा पत्ता लागेको भेरियन्ट नेपालमा फैलिरहेको विज्ञले बताएका छन्। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्।

उनका अनुसार यो भाइरस बढि  ३१ वर्षदेखि ४० वर्षका व्यक्तिलाई देखिएको छ। ‘यो भेरियन्ट चौतर्फि फैलिरहेको संक्रमणदरले देखाएकाे छ,’उनले भने,’ललितपुर जिल्लाका एक जनामा यो भाइरस पत्ता लागेको छ। सबै सचेत बनौँ,सार्वजनिक ठाउँमा भिडभाड नगरौं।’

जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग,धुलिखेल अस्पतालका निर्देशक डा.विराजमान कर्माचार्यले पिसिआर परीक्षण दर बढाए अझै कोरोना संक्रमणदर बढ्ने बताए।

‘छिमेकी मुलुक भारतमा बढ्दै गएको संक्रमण दरलाई हेर्दा   झै भयावह हुने निश्चित छ,’उनले भने,‘अहिले नेपालमा  बेलायती प्रजातीको भेरियन्ट  फेला परेको छ।'
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.