|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) को १४औँ सिजनअन्तर्गत छैटौँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ पाैने ८ बजेदेखि चेन्नईमा सुरू हुनेछ। जारी सिजनमा दुवै टोलीले एक–एक म्याच खेलिसकेका छन्। जारी सिजनमा बैंग्लोरले मुम्बई इण्डियन्सलाई ३ विकेटले हराउँदै विजयी सुरुवात गरिसकेको छ।

यता हैदराबाद भने कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो। ​बैंग्लोरले अघिल्लो खेलको लयलाई नै कायम राख्न चाहन्छ। हैदराबाद भने बैंग्लोरलाई हराउने लक्ष्यसहित मैदान उत्रिनेछ।

यी दुवै टिममा उत्कृष्ट खेलाडी छन्। त्यसकारण आजको म्याच रोमाञ्चक हुने अनुमान गरिएको छ। ​हैदराबादले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ।उसले सन्दीप शर्मा र मोहम्मद नाबीको ठाउँमा सहबाज नदीम र जेसन होल्डरलाई खेलाएको छ।

यस्तै, बेंग्लोरले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। उसले रजत पाटीदारलाई विश्राम दिँदै देवदत्त पाडिक्कलाई माैका दिएको छ। ​बेंग्लोरविरुद्ध पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ। पाँच खेलमा हैदराबाद तीन म्याचमा विजयी भएको छ।

हालसम्म हैदराबादले एकपटक आइपिएल उपाधि जितेको छ। बेंग्लोरले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी उचाल्न सकेको छैन।

​बेंग्लोरको प्लेइङ–११

देवदत्त पाडिक्कल,  विराट कोहली (कप्तान), सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकिपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल

हैदराबादको प्लेइङ–११ ​

ऋद्धिमान साह (विकेटकिपर),  डेविड वार्नर (कप्तान), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.