|

काठमाडाैं : युरोपेली च्याम्पियन्स लिगअन्तर्गत आज राति क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिडले लिभरपुलसँग प्रतिस्पर्धा गर्दै छ।

स्पेनिस क्लब रियलले लिभरपुलसँग उसैको मैदानमा खेल्नेछ। खेल राति पौने १ बजे सुरु हुनेछ। पहिलो लेग ३–१ ले आफ्नो बनाएको रियल जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहन्छ।

घरेलु मैदानमा उच्च प्रदर्शन गरेको रियल लिभरपुलको मैदानमा पनि त्यही लय कायम राख्न चाहन्छ। क्वाटरफाइनल विजेताले सेमिफाइनलमा चेल्सीको सामना गर्नेछ। तर लिभरपुल पनि घरेलु मैदानमा रियललाई पन्छाउँदै अन्तिम चारमा स्थान बनाउन चाहन्छ। तर अघिल्लो सिजन प्रिमियर लिग उचालेको लिभरपुल पहिलाको जस्तो बलियो देखिएको छैन। आफ्नो लिगमा समेत ऊ छैटाैं स्थानमा छ। 

आज राति नै हुने अर्को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डुसँग खेल्नेछ। पहिलो लेगमा सिटीले डर्टमुण्डविरुद्ध २–१ को जित निकालेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.