|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरसविरुद्ध खोप उत्पादन नगरे पनि जनतालाई निःशुल्क खोप लगाइरहेको बताएका छन्।

प्रवासी नेपाली एकता मञ्चले बुधबार आयोजना गरेको नयाँ वर्ष २०७८ सालको शुभकामना आदानप्रदान कार्यक्रममा जुममार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको स्वास्थ्यमा सरकार गम्भीर रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले नेपालले खोपको उत्पादन नगरे पनि प्रथामिकताका आधारमा नागरिकलाई खोप लगाएको र दोस्रो चरणको खोप अभियान चाँडै सञ्चालन गरिने स्पस्ट परे। प्रधानमन्त्री ओलीले कोरोना महामारीले नेपालको अर्थतन्त्रमा खासै प्रभाव नपारेको उनको दाबी छ। कोरोना अवधिमा नेपालको निर्यात सकारात्मक बिन्दुमा गएको जानकारी प्रधानमन्त्रीले दिए।

२०७७ सालमा विकास निर्माणका काममा आशलाग्दो भएको ओलीको दाबी छ। वैशाख ११ गते धरहराको पनि उद्घाटन गरिने उनले जानकारी दिए। ओलीले भने,’ नेपाल गरिब भए पनि हात फिँजाएर माग्नु पर्ने अवस्था छैन। विकासलाई जनताको प्रतिव्यक्ति आयभन्दा पनि उनीहरूको जीवनमा आएको खुसीसँग दाँज्नुपर्छ।

ओलीले प्रवासमा बसेका नेपालीले अब नेपाल ढुक्क भएर लगानी गर्ने वातावरणको सिर्जना भएको बताए। नेपालमा बन्द, हडताल जस्ता गतिविधि नहुने भएकोले नेपालमा लगानी भित्र्याउन प्रवासमा रहेका नेपालीको महत्वपूर्ण भूमिका हुने बताए।

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीको नागरिकताको हकमा राजनीतिक बाहेक सबै हकको प्रयोग गर्ने मिल्ने बताएका छन्। कुनै एक देशको नागरिकता लिनेले दोहोरो नागरिकता लिन नमिल्ने भन्दै प्रधानमन्त्री ओलीले आफन्तजनहरू मात्र नभई नेपालमा रहने सबै नेपालीले विदेशमा बस्ने नेपालीलाई सम्मान र स्वागत गर्ने धारणा राखे।

प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय समन्वय कमिटीका सचिव एवं अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष भक्त गुरुङको  सभापतित्वमा भएको थियो। प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए। प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाकी अध्यक्ष सिर्जना नेपालीले धन्यवाद दिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.