काठमाडाैं : जारी इन्डियन प्रिमियर लिगअन्तर्गत आफ्नो दोस्रो खेलमा पनि रोयल च्यालेन्जर्स बेंग्लोरले जित निकालेको छ। आज राति सम्पन्न खेलमा बेंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले हरायो।
चेन्नईको एम ए चिदम्बरम स्टेडिएममा बेंग्लोरले टस जितेर बलिङ रोजेको थियो। बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको थियो। उसका लागि यसै सिजन आएका ग्लेन म्याक्सवेलले सर्वाधिक ४१ बललमा ५९ रन बनाई अर्धशतकीय पारी खेले। कप्तान विराट कोहलीले २९ बलमा ३३ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।
एबिडि भिलियर्स मात्र पाँच बलमा १ रन बनाउँदै आउट भए भने पहिलो खेल खेलका देवदत्त पाडिक्कलले १३ बलमा ११ रन मात्र जोड्न सके। त्यस्तै सहबाज अहमदले १४, किले जेमसनले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। बेंग्लोर अतिरिक्त १० रन बटुल्न सफल भयो।
मध्यम लक्ष्य पछ्याएको हैदरावादका ओपनर ब्याट्सम्यान ऋद्धिमन सा केवल १ रनमा आउट भए। कप्तान डेविन वार्नले ३७ बलमा ५४ रन बनाई अरद्धशतक पूरा गरे पनि हार टार्न सकेनन्। त्यस्तै मनिष पाण्डेले ३९ बलमा ३८ रन बनाए पनि अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्।
बेंग्लोरका हर्षल पटेल र महम्मद सिराजले २/२ विकेट लिए भने हैदरावादका जेसन होल्डरले तीन विकेट लिन सफल भए। जारी सिजनमा दुवै टिमले २/२ खेल खेलिसके। दुवै खेलमा जित निकाल्दै बेंग्लोगर शीर्ष स्थानमा उक्लिएको छ भने हैदरावादले दुवै खेल गुमाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।