|

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झण्डै २ लाख कोरोना संक्रमित थपिएका छन्। दोस्रो लहरको कोरोना संक्रमण फैलिएको भारतमा दैनिकजसो ठूलो संख्यामा संक्रमित थपिन थालेका हुन्।

विगत २४ घण्टामा एक लाख ९९ हजार ५ सय ६९ संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  योसहित त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४० लाख ७० हजार पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३७ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या १ लाख ७३ हजार पुगेको छ। 

यस्तै अमेरिकामा ७८ हजार ३ सय, ब्राजिलमा ७६ हजार, टर्कीमा ६२ हजार ७ सय, फ्रान्समा ४३ हजार ५ सय तथा जर्मनीमा ३२ हजार ५ सय जनामा संक्रमण पुष्टि भएसँगै एकै दिन विश्वभर ८ लाखभन्दा बढी संक्रमित थपिएका छन्। 

यस्तै यो अवधिमा ब्राजिलमा ३ हजार ४ सय ६२, अमेरिकामा ८ सय ८१, पोल्याण्डमा ८ सय ३, मेक्सिकोमा ५ सय ९२ तथा इटलीमा ४ सय ६९ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा झण्डै साढे १३ हजार संक्रमितको मृत्यु भएसँगै विश्वभर कुल मृतकको संख्या २९ हजार ८४ पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.